मोरङ : मोरङमा सर्पको टोकाइबाट एक बालिकाको निधन भएको छ ।
जिल्लाको जहदा गाउँपालिका–२ भीमपुर बेरियाका बिजु मुर्मूकी ८ वर्षीया छोरी चाँद मुर्मूको सर्पले डसेर निधन भएको हो ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार पिसाब फेर्न भनेर बिहानको राति २ बजेतिर अभिभावकसँगै घरबाट बाहिर निस्किएकी थिइन् ।
सो क्रममा सर्पले डसेर गम्भीर घाइते भएकी नाबालिकालाई उपचारका लागि विराटनगरको कोशी अस्पताल ल्याइपुर्याउनसाथ बिहान ४ः१५ बजेतिर चिकित्सकले मृत घोषित गरेको डीएसपी बस्नेतले जानकारी दिए ।
प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरेको छ ।











Discussion about this post