विराटनगर : विराटनगर महानगरपालिका १५ र १७ स्थितबाट प्रतिबन्धित लागूऔषध गाँजा बोकेको दुई वटा सवारी साधनसहित चारजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर १५ स्थितमा शंकास्पद अवस्थामा रहेको बा ८ च ७८८० नम्बरको कारलाई चेकजाँच गर्दा कारको पछाडि सिटमुनी लुकाई छिपाई राखेको ४३ किलोग्राम गाँजा बरामद गरिएको हा ।
कार चालक विराटनगर १५ का ३२ वर्षीय गणेश चौधरी र कारमा सवार रहेका विराटनगर १३ का २२ वर्षीय रोजेश परीयारलाई नियन्त्रणमा लिएको छ ।
यसैगरी गएराति सोही प्रहरी टोलीले विराटनगर १७ मण्टा पोखरीस्थितमा शंकास्पद अवस्थामा रहेको को २ च ७५९ नम्बरको स्कारपिओ गाडीलाई चेकजाँच गर्दा गाडीको पछाडिको भागमा लुकाई छिपाई राखेको अवस्थामा एक सय ४६ किलोग्राम गाँजा बरामद गरेको हो ।
लागूऔषध गाँजा बरामद भएसँगै गाडी, चालक धरान १७ का ४५ वर्षीय सुक्षिम राई र गाडीमा सवार धरान ११ का ४६ वर्षीय देवराज राईलाई नियन्त्रणमा लिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
लागूऔषध गाँजासहित पक्राउ परेका उनीहरूको सम्बन्धमा इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post