इटहरी : मोरङ र सुनसरीको छुट्टाछुट्टै स्थानहरूबाट लागूऔषधसहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ ।
बिहीबार विराटनगर महानगरपालिका १५ स्थितमा लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेका को ६ प ९६ नम्बरको मोटरसाइकलमा सवार रहेका सुन्दरहरैँचा नगरपालिका १२ का ३० वर्षीय शंखर दाहाल र २५ वर्षीय नन्दु फुयाललाई २ ग्राम ६१० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले बेलबारी नगरपालिका २ लालभित्तीका १८ वर्षीय शुसील रेग्मीलाई प्रतिबन्धित औषधी ११० ट्याब्लेटसहित पक्राउ गरेको हो ।
यसैगरी सुनसरीको इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान ५ का ३१ वर्षीय पर्वत दर्जी र २६ वर्षीय सनम तामाङलाई १ ग्राम ६८० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ ।
लागूऔषधसहित पक्राउ परेका उनीहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post