मोरङ : मोरङको सुन्दरहरैँचामा आफ्नै दुई नाबालक छोरीको हत्या गरेको आरोपमा पक्राउ परेकी महिलालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।
सुन्दरहरैँचा नगरपालिका–७ मा विष खुवाएर नाबालिका दुई छोरीको हत्या गरेको आरोपमा पक्राउ परेकी २१ वर्षीया अस्मिता पौडेल (कार्की)लाई जिल्ला अदालत मोरङका न्यायाधीश पारसमणि पोखरेलको इजलासले पुर्पक्षका लागि कारागार चलान गरेको हो ।
अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार अस्मितालाई थुनामा पठाउन आदेश भएको हो ।
विष खुवाएर नाबालिका दुई छोरीको हत्या गरेको आरोपमा प्रहरीले १९ भदौमा उनलाई झापाको बिर्तामोडबाट पक्राउ गरेको थियो ।
प्रहरीकाअनुसार निर्माणाधीन घरमा पानी नलगाएको विषयमा श्रीमान अर्जुन कार्कीसँग विवाद भएपछि १४ भदौमा छोरीहरू ३ वर्षीया अर्पणा कार्की र १ वर्षीया आइङ्काको विष खुवाएर हत्या भएको थियो ।














Discussion about this post