इटहरी : सुनसरी, झापा र धनकुटाबाट लागूऔषधसहित १२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
अस्थाई प्रहरी चौकी नडाहाबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाका आधारमा बराहक्षेत्र नगरपालिका ४ का २२ वर्षीय अनिल बिक, २३ वर्षीय कञ्चन राई, २२ वर्षीय सन्दीप राई, २५ वर्षीय करण राई, २३ वर्षीय आकाश राई, २२ वर्षीय अस्मिन राई र २४ वर्षीय हेमन राईलाई ट्रमाडोल ३०५ पिस र डिकोलिइ २१० पिससहित नियन्त्रणमा लिएको छ ।
यसैगरी इलाका प्रहरी कार्यालय धरानले सोही पालिकाको वडा नं. १५ परिवर्तित मार्गस्थितबाट स्थानीय २८ वर्षीय राजु थापा र २८ वर्षीय अभिशेक मगरको साथबाट ९ ग्राम ८५० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ ।
त्यसैगरी लागूऔषध नियन्त्रण ब्यूरो कार्यालय काँकडभिट्टाले इलाम नगरपालिका ९ का ३२ वर्षीय दीपेन्द्र राना मगरलाई ४ ग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिएको छ ।
यता, जिल्ला प्रहरी कार्यालयले धनकुटा नगरपालिका ७ त्रिवेणी स्थितबाट छथर जोरपाटी गाउँपालिका ४ का २६ निर्मल विश्वकर्मा र धनकुटा ७ का ३१ वर्षीय विजय मल्लिकलाई २ ग्राम ७४० मिलिग्राम ब्राउनसुगर, ट्रामानिल १४ क्याप्सुल, स्पास्मो १५ ट्याव्लेट र ट्रमानो ५०-४ क्याप्सुलसहित पक्राउ गरेको छ ।
लागूऔषधसहित पक्राउ परेका उनीहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post