मोरङ : मोरङको पथरीशनिश्चरेमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहालका अनुसार पथरीशनिश्चरे नगरपालिका–१ का ५९ वर्षीय एकराज भनिने आइतहाङ केदेन लिम्बूको मृत्यु भएको हो ।
आफ्नै निर्माणाधीन पक्की घरमा ‘मल्टिप्लग’बाट तार जोडेर बत्ती बाल्ने क्रममा साँझ ६ः४५ बजेतिर करेन्ट लागेर लिम्बू गम्भीर घाइते भएका थिए ।
उपचारका लागि विराटनगरको विराट नर्सिङ होम पुर्याइएको थियो ।
उपचारका क्रममा मृत्यु भएको डीएसपी दाहालले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।












Discussion about this post