खोटाङ : खोटाङमा गुडिरहेको सुमोबाट खसेर एक बालकको मृत्यु भएको छ ।
दिक्तेल-रुपाकोट-मझुवागढी नगरपालिका ४ स्थितमा ना १ ज ५७४३ नम्बरको गाडी अनियन्त्रित भई दुर्घटना हुँदा ८ वर्षीय बालक हेमन्त बस्नेतको मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका उनलाई उपचारको लागि लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीको भनाइ छ ।
प्रहरीले सुमो चालक गोविन्द कटवाल र सुमोलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।














Discussion about this post