Wednesday, October 28, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

धरानमा बीपी प्रतिष्ठानका पूर्व विद्यार्थीहरूको सम्मेलन हुँदै

चिकित्सा शिक्षा क्षेत्रमा देखिएका विकृतिको अन्त्य गर्न सहयोग पुग्ने विश्वास

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
कार्तिक २३, २०८१
in विविध, समाचार
0
धरानमा बीपी प्रतिष्ठानका पूर्व विद्यार्थीहरूको सम्मेलन हुँदै
153
SHARES
Share on FacebookShare on Twitter

धरान : उपत्यकाबाहिर पहिलोपटक चिकित्सा शिक्षा अध्ययन गर्न सुरु गरेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अध्ययन गरेका विद्यार्थीहरू अहिले नेपालका विभिन्न प्रतिष्ठानसँगै विदेशका अस्पतालहरूको नेतृत्व गरिरहेका छन् ।

प्रतिष्ठानको स्थापना भएको ३० वर्षमा प्रतिष्ठानको विकास भने जस्ताको तस्तै छ । यसको विकास तथा प्रवर्द्धन तथा अनुभव आदानप्रदान गर्न उद्देश्यले प्रतिष्ठानका अध्ययन गरेका पूर्व विद्यार्थीहरू पहिलोपटक भेला हुने भएका छन् ।

पूर्व विद्यार्थी सङ्घ गठन गर्दै उनीहरूले प्रतिष्ठानको स्थापनाको ३० वर्षपछि पहिलोपटक पूर्व विद्यार्थी सम्मेलन गर्न लागेका हुन् ।

प्रतिष्ठानमा आइतबार कार्तिक २५ गते हुने सम्मेलनमा प्रतिष्ठानको मात्र नभइ देशकै प्रतिष्ठानहरू तथा चिकित्सा क्षेत्रको विकास, अध्ययन अनुसन्धानको बारेमासमेत छलफल हुने पूर्व विद्यार्थी संघका महासचिव एडिसनल प्रोफेसर डाक्टर विकास साहले जानकारी दिए ।

‘सम्मेलनमा प्रतिष्ठानको विकाससँगै चिकित्सकहरूको समस्याहरूसँगै अनुभव आदान प्रदान हुनेछ’ उनले भने ‘विदेशमा विभिन्न विश्वद्यालयमा छात्रवृत्तिबाट अध्ययन तथा अनुसन्धान गर्न जाने चिकित्सकहरूलाई त्यहाँ रहेका पूर्व विद्यार्थीहरूले सहजीकरण गर्नेछन् ।’

प्रतिष्ठानमा अध्ययन गरेका दुईजना चिकित्सकहरूले नेपालका दुई प्रतिष्ठानको नेतृत्व गरिरहेका छन् ।

भारतको एम्स मेडिकल कलेजको अवधारणामा नेपालमै पहिलोपटक धरानमा चिकित्सा शिक्षा अध्ययन, अनुसन्धान तथा विशेषज्ञ उपचार गर्ने उद्देश्यले पहिलो प्रतिष्ठानको रूपमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना भएको थियो ।

प्रतिष्ठानका पूर्व विद्यार्थी डाक्टर मङ्गल रावल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिको रूपमा काम गरिरहेका छन् भने मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समेत बीपी कै विद्यार्थी डाक्टर अङ्कुर शाह उपकुलपति भएर काम गरिरहेका छन् ।

कर्णालीका शिक्षाध्यक्ष डाक्टर डवलराज धामी, निर्देशक डाक्टर पूजन रोकाया पनि बीपीकै उत्पादन हुन् ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार प्राध्यापक श्याम लम्साल तथा मेडिकल काउन्सिलका रजिस्ट्रार डाक्टर सितस देव पनि प्रतिष्ठानकै उत्पादन हुन् भने बीपीका अस्पताल निर्देशक डा. जगत नारायण पनि यहीका उत्पादन हुन् ।

योसँगै बीपीको अध्ययन गरेका विद्यार्थीहरू भारतका विभिन्न अस्पतालसँगै अमेरिका, क्यानडा, अष्ट्रेलिया लगायतका देशका अस्पतालहरूमा समेत नेतृत्वदायी भूमिकामा रहेका छन् ।

उक्त सम्मेलनले प्रतिष्ठानसँगै देशकै चिकित्सा शिक्षा क्षेत्रमा देखिएका विकृति विसङ्गतिको अन्त्य गर्न महत्त्वपूर्ण सहयोग संघले जनाएको छ ।

Tags: #धरान#वीपी प्रतिष्ठानवीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा
समाचार

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा

by टाकुरा न्यूज । इटहरी
कार्तिक १०, २०८३
0

विराटनगर : कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्ष महेन्द्रप्रसाद गुरागाईँले पदबाट राजीनामा दिएका छन्। गुरागाईँले कात्तिक १० गते प्रदेश प्रमुख परशुराम खापुङसमक्ष...

विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो
खेलकुद

विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो

by टाकुरा न्यूज । इटहरी
कार्तिक १०, २०८३
0

विराटनगर : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार भएको खेलमा विराटनगर किङ्ग्स चितवन राइनोजसँग ८ रनले पराजित भएको छ। चितवनले दिएको...

सप्तकोसीमा चल्न थाल्यो ‘जेटबोट’ 

सप्तकोशीमा जलयात्रा : यात्रु सुरक्षाको जिम्मा कसले लिन्छ ?

कार्तिक १०, २०८३
मौसम खुलेपछिको खाँदबारी बजार

मौसम खुलेपछिको खाँदबारी बजार

कार्तिक १०, २०८३
पटक-पटक निवेदन र ताकेता, तर सूचना दिन मान्दैन इटहरी उपमहानगरपालिका

इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

कार्तिक १०, २०८३

झापामा तीन लाखभन्दा बढीका पटका बरामद

कार्तिक १०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा

कार्तिक १०, २०८३
विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो

विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो

कार्तिक १०, २०८३
सप्तकोसीमा चल्न थाल्यो ‘जेटबोट’ 

सप्तकोशीमा जलयात्रा : यात्रु सुरक्षाको जिम्मा कसले लिन्छ ?

कार्तिक १०, २०८३
मौसम खुलेपछिको खाँदबारी बजार

मौसम खुलेपछिको खाँदबारी बजार

कार्तिक १०, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    842 shares
    Share 337 Tweet 211
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    643 shares
    Share 257 Tweet 161
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    512 shares
    Share 205 Tweet 128
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    291 shares
    Share 116 Tweet 73
  • इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

    288 shares
    Share 115 Tweet 72

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.