धरान : धरान उपमहानगरपालिका वडा नं. ८ र ९ बाट नियन्त्रित औषधी र प्रतिबन्धित औषधीसहित ६ जनालाई पक्राउ गरिएको छ ।
अस्थाई प्रहरी पोष्ट तीनकुने धरानबाट खटिएको प्रहरी टोलीले सेउती पुल नजिकबाट स्कुटरमा सवार धरान १५ बस्ने २४ वर्षीय मौषम लिम्बू, २३ वर्षीया सृजना राई र २५ वर्षीया निशा श्रेष्ठलाई प्रतिबन्धित औषधी ट्रामानिल २ सय क्याप्सुल र नियन्त्रित औषधी स्पास्पेन २ सय ट्याब्लेट सहित पक्राउ गरिएको हो ।
पक्राउ परेका उनीहरूको थप अनुसन्धान गर्ने क्रममा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले सिरहा चन्द्रअयोध्यापुर घर भइ धरान ९ दौलत थुलुङको घरमा डेरा गरि बस्ने २३ वर्षीय अंकित कुमार सिंह, धरान ८ का २० वर्षीय साइमन राई र २३ वर्षीय सागर श्रेष्ठलाई ट्रामानिल ९ हजार ३ सय क्याप्सुल र स्पास्पेन ६ हजार ६ सय २७ ट्याब्लेटसहित पक्राउ गरिएको थियो ।
पक्राउ परेका ६ जनामाथि नै इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post