इटहरी :इलाका प्रहरी कार्यालय धरानबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले धरान उपमहानगरपालिका ९ स्थितबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगर ५०० मिलिग्रामसहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरी बरमझिया १ का २९ वर्षीय मोहमद अलीलाई र धरान ९ स्थितबाट सोही स्थानका २२ वर्षीय सुमन परियार रहेका छन् ।
उनीहरूलाई प्रतिबन्धित औषधी ट्रामानिल ६४ क्याप्सुल र नियन्त्रित औषधी स्पास्पिन ६४ ट्याव्लेटसहित पक्राउ गरेको हो ।
यसैगरी इलाका प्रहरी कार्यालय चतराको प्रहरी टोलीले बराहक्षेत्र नगरपालिका १ का १९ वर्षीय सौरव राईलाई ट्रामाडोल १५० क्याप्सुल र स्पास्पेन १४० ट्याव्लेटसहित पक्राउ गरेको छ ।
लागूऔषधसहित पक्राउ परेका उनीहरूको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post