धरान : धरान उपमहानगरपालिका ६ स्थितबाट लागूऔषध गाँजासहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा अस्थाई प्रहरी पोष्ट तीनकुनेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
प्रदेश १-०४-००१ प ४७७३ नम्बरको स्कुटर चालक धनकुटा पाख्रीबास २ का २७ वर्षीय सञ्जीप तामाङ, पछाडि सवार पाख्रीबास ८ की २७ वर्षीया सुगम राई र बा ९६ प ७२११ नम्बरको मोटरसाइकल चालक पाख्रीबास २ कै ३६ वर्षीय राजेश तामाङ, पछाडि सवार पाख्रिबास ८ की २३ ववर्षीया निगम राईलाई २१ किलोग्राम लागूऔषध गाँजासहित नियन्त्रणमा लिएको थियो ।
लागूऔषध गाँजासहित पक्राउ परेका उनीहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post