मोरङ : मोरङमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सुन्दरहरैँचा नगरपालिका ७ की ४० वर्षीया गंगा श्रेष्ठ रहेकी छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उनलाई सुन्दरहरैँचा ७ स्थित सृजना सामुदायिक वन उपभोक्ता समितिको जंगलमा दाउरा खोज्न गएको अवस्थामा जंगली हात्तीले आक्रमण गरेको थियो ।
हात्तीको आक्रमणबाट गम्भीर घाइते भएकी श्रेष्ठलाई उपचारका लागि विराटनगरको नोबेल अस्पतालमा पुर्याएर चेकजाँच गर्दा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post