इटहरी : सुनसरीमा मृगको मासुसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
बराहक्षेत्र–१ बाट मृगको मासुसहित दुईजना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा ४४ वर्षीय मनबहादुर राई र ४२ वर्षीय राजेन्द्र राईलाई ३ नाल भरूवा बन्दुकसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सोमबार बिहान करिब २ बजे तल्लो बगुवा टोलमा भान्सा घरमा मृगको मासु काटिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनीहरूलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरले थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।













Discussion about this post