तरहरा : तरहरा जेसीजको अध्यक्षमा सुमन दाहाल निर्वाचित भएका छन् ।
शनिबार भएको निर्वाचनमा कुल ७४ मत प्राप्त गर्दै दाहाल अध्यक्षमा निर्वाचित भएका हुन् । निकटतम् प्रतिस्पर्धी चेवन खतिवडाले ५६ मत प्राप्त गरे । उनीहरूबीचको मतान्तर १८ रहेको छ ।
निर्वाचन आयुक्त उमेश राईका अनुसार कुल एक सय ३० मत खसेको थियो ।
यसैगरी कार्यकारिणी उपाध्यक्षमा रोशन भुजेलले ७६ र सन्तोष पुरी (सुशान्त)ले ७२ मत प्राप्त गर्दै निर्वाचित भए । कार्यकारिणी उपाध्यक्ष पदमा उम्मेदवारी दिएका विनिता तामाङको ५८ र गोविन्द घिमिरेको ५४ मत प्राप्त भएको छ ।
उपाध्यक्षहरूमा प्रभाव कटवाल, पुरुषोत्तम साह, सायर कटवाल र एन्जल श्रेष्ठ निर्विरोध निर्वाचित भए । यसैगरी सचिवमा अस्मिता चौधरी र जनसम्पर्क अधिकारीमा अर्जुन कोइराला निर्विरोध निर्वाचित भए ।
सन् २०२५ का लागि अध्यक्ष र कार्यकारिणी उपाध्यक्ष पदका लागि आज (शनिबार) निर्वाचन भएको हो ।













Discussion about this post