Sunday, September 13, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

इटहरीमा मंगल–राधिका–सदानन्द–प्रणामी अस्पताल सञ्चालनमा आउँदै, असहायलाई निःशुल्क उपचार गरिने

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
माघ २२, २०८१
in समाचार
0
इटहरीमा मंगल–राधिका–सदानन्द–प्रणामी अस्पताल सञ्चालनमा आउँदै, असहायलाई निःशुल्क उपचार गरिने
123
SHARES
Share on FacebookShare on Twitter

इटहरी : नयाँ वर्ष २०८२ सालदेखि मंगल–राधिका–सदानन्द–प्रणामी अस्पताल सञ्चालनमा आउने भएको छ ।

इटहरी अस्पताललाई नै स्रोत–साधन र जनशक्ति थप गर्दै सुविधा सम्पन्न बनाउने अभियान चलिरहेपनि श्री कृष्ण प्रमाणी मन्दिर मुक्तिधामको ४६ औं वार्षिक उत्सवकै सन्दर्भमा नयाँ अस्पताल सुरू गर्न लागिएको मंगलबार आयोजित पत्रकार सम्मेलन गरी जानकारी दिइयो ।

पहिलो चरणमा १५ बेडको अस्पताल सञ्चालन गरिने र क्रमशः स्तर बढाएर १० वर्षभित्रमा पाँच सय बेडको पु¥याउने लक्ष्य राखिएको नेतृत्वकर्ता हेमप्रसाद घिमिरेले बताए ।

उनका अनुसार १५ बेडसम्मको अस्पतालको स्वीकृतिका लागि स्थानीय सरकारले नै अनुमति दिएकाले तत्काल उक्त संख्याको बेड सञ्चालन गरिने र पछि स्तर वृद्धि गरिने भएको हो ।

अहिलेसम्म अस्पताल सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार र मेसिन सामग्री खरीद गर्दा दस करोड रुपैयाँ लागत लगानी भइसकेको घिमिरेले बताए ।

दाताकै सहयोगमा अस्पताल सञ्चालन गरिने हुँदा अस्पतालको मुख्य संरक्षकबाट जनही एक–एक करोड रुपैयाँ लिइनेछ ।

यसमा मुख्य तीन जना कृष्ण प्रणमीका अगुवा, एक जना इटहरीका उपमहानगरपालिकाका प्रमुख र अर्का एक जना जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख रहने व्यवस्था गरिएको छ ।

इटहरी उपमहानगरपालिकाका प्रमुख र जिल्ला प्रशासन कार्यालयका प्रमुखलाई भने आर्थिक सहयोगको सीमा नतोक्ने निर्णय गरिएको घिमिरेले बताए ।

यस्तै, अस्पतालको विशिष्ट यशस्कार सदस्यबाट ५० लाख, अस्पताल आजीवन विशिष्ट मानार्थ सदस्यबाट पाँच लाख र अस्पताल आजीवन सदस्यबाट एक लाख रुपैयाँ लिने निर्णय भएको छ ।

अरू स्वदेशी तथा विदेशी दातासँग पनि आर्थिक सहयोग लिइनेछ । यसका लागि आगामी चैत २४ गतेदेखि सप्ताहव्यापी श्रीमद्भागवतसँगै स्वास्थ्य शिविर हुनेछ ।

घिमिरेले भने, ‘अस्पताल सुरु भएपछि अशक्त र असहायलाई निःशुल्क उपचार गरिनेछ ।’ अस्पताल सुरू भएलगतै सरकारको स्वास्थ्य बीमा नीति लागू गर्न पनि पहल गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

Tags: #इटहरीअस्पतालहेमप्रसाद घिमिरे
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

झापामा चट्याङले लागेर एकैदिन तीनको मृत्यु
समाचार

चट्याङ लागेर युवाको ज्यान गयो

by टाकुरा न्यूज । इटहरी
भदौ २७, २०८३
0

उदयपुर । उदयपुरको कटारी नगरपालिका वडा नम्बर ८ मा शनिबार दिउँसो चट्याङमा लागेर एक जना युवाको ज्यान गएको छ ।...

बरमझियाका पेडा : बसाइ सरेर उदयपुरतिर
FEATURE BREAKING

बरमझियाका पेडा : बसाइ सरेर उदयपुरतिर

by टाकुरा न्यूज । इटहरी
भदौ २७, २०८३
0

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकाको वडा नं ३ र ४ बसाहा वरपर तथा मदन भण्डारी लोकमार्ग दायाँबायाँ अहिले सप्तरीको बरमझियाका...

एक क्विन्टेल लागूऔषध गाँजासहित ५ जना पक्राउ

एक क्विन्टेल लागूऔषध गाँजासहित ५ जना पक्राउ

भदौ २७, २०८३
इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

भदौ २७, २०८३
बाढीपीडितको राहतमा जुट्यो तरहरा

बाढीपीडितको राहतमा जुट्यो तरहरा

भदौ २७, २०८३
इलाममा अटो दुर्घटनामा ६ जना सख्त घाइते

इलाममा अटो दुर्घटनामा ६ जना सख्त घाइते

भदौ २६, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

झापामा चट्याङले लागेर एकैदिन तीनको मृत्यु

चट्याङ लागेर युवाको ज्यान गयो

भदौ २७, २०८३
चाँडै खरानी घस (कविता)

चाँडै खरानी घस (कविता)

भदौ २७, २०८३
बरमझियाका पेडा : बसाइ सरेर उदयपुरतिर

बरमझियाका पेडा : बसाइ सरेर उदयपुरतिर

भदौ २७, २०८३
एक क्विन्टेल लागूऔषध गाँजासहित ५ जना पक्राउ

एक क्विन्टेल लागूऔषध गाँजासहित ५ जना पक्राउ

भदौ २७, २०८३



लाेकप्रिय

  • सर्पको टोकाइबाट एक महिलाको मृत्यु

    इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    345 shares
    Share 138 Tweet 86
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    295 shares
    Share 118 Tweet 74
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    290 shares
    Share 116 Tweet 73
  • इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

    245 shares
    Share 98 Tweet 61
  • साइबर मुद्दामा पूर्व विव्यस अध्यक्ष झा पक्राउ

    238 shares
    Share 95 Tweet 60

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.