मोरङ : मोरङमा करेन्ट लागेर १८ वर्षीया किशोरीको मृत्यु भएको छ । मोरङको मिक्लाजुङ गाउँपालिका १ की १८ वर्षीया अनामिका राईको करेन्ट लागेर मृत्यु भएको हो ।
मोरङ प्रहरीका अनुसार चरनमा गएको बाख्रो हराएपछि खोज्न निस्किएकी उनको बिजुलीको पोलमुनि रहेको बाख्रोलाई तान्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।
उक्त क्षेत्रमा १२ हजार भोल्ट करेन्ट प्रवाह भइरहेको बिजुलीको ‘ब्यारेल’ भाँचिएर पोलबाट विद्युत ‘लिक’ भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।












Discussion about this post