धनकुटा : धनकुटामा श्रीमानको हत्या आरोपमा श्रीमतीसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको छथर जोरपाटी गाउँपालिका–२ का ३८ वर्षीय खेमबहादुर दर्लामी मगरको हत्या आरोपमा प्रहरीले पक्राउ गरेको हो । खेमबहादुरको बिहीबार बेवारिसे अवस्थामा मृत अवस्थामा शव फेला परेको थियो ।
मगरको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले उनकी कान्छी श्रीमतीसहित पाँच जनालाई पक्राउ गरेको जनाएको छ ।
पक्राउ पर्नेमा मृतककी कान्छी श्रीमती ४४ वर्षीया जीतमाया लिम्बू, १९ वर्षीय ईन्द्रबहादुर तामाङ, ३२ वर्षीय चेतुलाल मगर, ३१ वर्षीय दाछिरी र १६ वर्षीय एक नाबालक रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार खेमबहादुरले पत्नी जीतमायालाई दिनहुँजसो कुटपीट र घरेलु हिंसा गर्ने गरेकोले प्रतिशोधमा हत्या गरिएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।













Discussion about this post