सुनसरी जिल्लामा ४ सय बढी संक्रमित हुँदा धरान उपमहानगरपालिकामा कोरोना संक्रमितहरुको संख्या १ सय नाघेको छ ।
आज संक्रमण पुष्टि भएकाहरुको संख्या सहित धरानमा कुल संक्रमित संख्या १०१ पुगेको स्वास्थ्य महाशाखाले जनाएको छ ।
स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार ती मध्ये ४० जना विदेशबाट आएकाहरुमा संक्रमण देखिएको हो भने ६० जना समुदायका मानिसहरुमा संक्रमण पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार आज पीसीआर पोजेटिभ आएको संख्यासहित संक्रमितको कुल संख्या ४२७ जना पुगेको छ । कुल संक्रमितमध्ये १९० जना निको भएर घर फर्किएका छन् भने एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धरान १५ की ७१ बर्षीय एक वृद्धा रहेकी थिइन् ।















Discussion about this post