सरकारले भदौको तेस्रो साताबाट अन्तर्राष्ट्रिय उडानका लागि अनुमति दिने तयारी थालेको छ ।
भदौ १६ गतेबाट नियमित अन्तर्राष्ट्रिय उडान गर्न सकिने गरी सरकारले तयारी थालेको हो ।
त्यसका लागि पर्यटन मन्त्रालयले उडानको तालिका प्रकाशित गर्ने भएको छ । तर, अन्तर्राष्ट्रिय उडानबाट आउने यात्रुहरूले सात दिनसम्म क्वारेण्टिनमा बस्नुपर्ने भएको छ ।
त्यसपछि स्वास्थ्य परीक्षण गरेर दुई सातासम्म होम आइसोलेसनमा बस्ने लिखित सम्झौता गरेपछि मात्रै घर जान पाउने गरी नियम बनाएको छ ।
सरकारले यसअघि भदौबाटै अन्तर्राष्ट्रिय उडान गर्ने बताएको थियो । तर, दैनिक कोरोना सङ्क्रमित बढ्दै गएपछि सरकारले तत्कालका लागि अन्तर्राष्ट्रिय उडान स्थगित गरेको थियो ।











Discussion about this post