दुहबी : सुनसरीको दुहबीमा तीव्र गतिको मोटरसाइकल दुर्घटना हुँदा एक पुरुषको मृत्यु भएको छ ।
को ३९ प ९१७५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक दुहबी–३ का ३७ वर्षीय सुधाकरण माझीको मृत्यु भएको हो ।
दुहबी नगरपालिका–३ फुटानी चोक–वसनपुर भित्री सडकखण्डमा बिहीबार राति ९ः४५ बजेतिर उक्त मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।














Discussion about this post