इटहरी : धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिमा प्रा.डा. सञ्जीव कुमार शर्मालाई जिम्मेवारी दिइएको छ ।
प्रधानमन्त्री तथा कुलपतिस्तरीय निर्णयानुसार प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा.शर्मालाई प्रतिष्ठानको दैनिक प्रशासनिक, शैक्षिक तथा आर्थिक कार्यलाई सुचारु गर्न मिति आज (आइतबार)देखि लागू हुनेगरी प्रतिष्ठानको उपकुलपतिको जिम्मेवारी दिइएको हो ।
नयाँ उपकुलपति सिफारिस भएर नियुक्ति नभएसम्मका शर्मालाई लागि निमित्त उपकुलपतिको जिम्मेवारी तोकिएको हो ।
डा. ज्ञानेन्द्र गिरीको उपकुलपतिको कार्यकाल गत चैत २६ गते समाप्त भएपश्चात् प्रतिष्ठान उपकुलपतिविहीन बनेको थियो ।














Discussion about this post