इटहरी : उदयपुरको बेलका नगरपालिका ८ स्थित सप्तकोसी नदीमा पुलबाट हाम्फालेर एक जनाको मृत्यु भएको छ ।
सुनसरीको बराहक्षेत्र नगरपालिका १ का ५२ वर्षीय मकरजंग राई सप्तकोसी नदीको पुलबाट हाम्फालेर मृत्यु भएको हो ।
अस्थायी प्रहरी पोष्ट कोठुबाट तत्काल उद्दारमा खटिएको प्रहरी टोलीले राईलाई नदीबाट निकालेर उपचारको लागि धरानस्थित बीपी प्रतिष्ठान पठाएपनि उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।














Discussion about this post