विराटनगर : मोरङको उर्लाबारी नगरपालिका ३ स्थितमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
पूर्व पश्चिम लोकमार्गमा उर्लाबारीबाट पथरीतर्फ आउदै गरेको ग ६ प ५०२६ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट जाँदै गरेको ना ५ ख २१८७ नम्बरको ट्याक्टरले ठक्कर दिँदा दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक झापाको दमक नगरपालिका ९ का ३६ वर्षीय मनकुमार लिम्बूको मृत्यु भएको हो ।
गम्भीर घाइते भएका उनको उपचारको लागि बी एण्ड सी अस्पताल बिर्तामोड लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने ट्याक्टर चालक बारा जितपुर सिमरा उपमहानगरपालिका २२ का २९ वर्षीय अशोक ठोकरलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।














Discussion about this post