इटहरी : सुनसरीमा विषालु सर्पले डसेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बराहक्षेत्र नगरपालिका २ का १० वर्षीय अजय थापा रहेका छन् ।
आफ्नै घरमा खेल्ने क्रममा उनलाई जेठ १६ गते सर्पले डसेकाे थियो ।
सर्पले डसेर गम्भीर घाइते भएका बालकलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो ।
उपचारकै क्रममा आइतबार साँझ बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।












Discussion about this post