Thursday, September 3, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

पोखरिया माविद्वारा ७ लाख ६४ हजार बराबरको छात्रवृत्ति वितरण

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार १०, २०८२
in समाचार
0
पोखरिया माविद्वारा ७ लाख ६४ हजार बराबरको छात्रवृत्ति वितरण
65
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : मोरङको पोखरिया माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८१/८२ का लागि ७ लाख ६४ हजार रुपैयाँ बराबरको छात्रवृत्ति वितरण गरेको छ ।

विद्यालयले एक विशेष समारोहमार्फत छात्रवृत्ति वितरण गर्नुका साथै निवृत्त शिक्षकलाई सम्मानसमेत गरेको छ ।

विद्यालयले आयोजना गरेको कार्यक्रममा निवृत्त शिक्षकहरू सुशीला खनाल, लक्ष्मणबाबु दाहाल, तारावीर श्रेष्ठ र राधिका शर्मालाई सम्मान गरिएको हो ।

उनीहरूलाई प्रशंसा–पत्र, दोसल्ला र मायाको चिनो प्रदान गर्दै शिक्षा क्षेत्रमा पु¥याएको योगदानप्रति कृतज्ञता प्रकट गरिएको विद्यालयका प्रधानाध्यापक खेमराज भट्टराईले जानकारी दिए ।

कार्यक्रममा बोल्दै निवृत्त शिक्षक तारादेव दाहालले ३० वर्ष लामो शैक्षिक सेवामा हजारौँ विद्यार्थीलाई शिक्षादीक्षा दिन पाएकोमा सन्तोष व्यक्त गरे ।

सो अवसरमा कक्षा १ देखि १० सम्मका ३१ जना जेहेन्दार विद्यार्थीलाई जनही २ हजार रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरिएको थियो ।

त्यसैगरी, प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरूलाई क्रमशः ४ हजार, ३ हजार र २ हजार रुपैयाँका दरले पुरस्कार दिइएको थियो।

यसअनुसार ३० जना विद्यार्थीलाई प्रोत्साहनस्वरूप १ लाख ७४ हजार रुपैयाँको पुरस्कार वितरण गरिएको प्रधानाध्यापक भट्टराईले बताए ।

कक्षा ११ मा विज्ञान विषय अध्ययनरत २० जना र व्यवस्थापन विषय अध्ययनरत ५ जना गरी २५ जनालाई ५ लाख ७६ हजार रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरिएको हो। यी छात्रवृत्ति आगामी वर्षहरूमा अझै विस्तार गर्ने विद्यालयको योजना रहेको भट्टराईले बताए ।

यस्तै, गायत्री भवानी भट्टराई स्मृति कोष र लक्ष्मी स्मृति कोषमार्फत ५ जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ ।

साथै, विशेष प्रतिभा भएका २ जना विद्यार्थीलाई पनि छात्रवृत्ति वितरण गरिएको थियो। यी सबै छात्रवृत्तिका दर जनही २ हजार रुपैयाँ रहेका छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद गौतमले पोखरिया मावि हरेक क्षेत्रमा अग्रणी रहेको दाबी गरे ।

हाल विद्यालयका दुई विद्यार्थी (कक्षा ९ का दीक्षित खतिवडा र मानस थापा) अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा सहभागी हुन थाइल्यान्ड गएका छन् ।

शिक्षा विकास तथा समन्वय इकाइ मोरङका प्रमुख जीवन गड्तौलाले यस्ता कार्यक्रमहरूले विद्यार्थीलाई प्रेरित गर्ने र प्रतिस्पर्धी बनाउने विश्वास व्यक्त गरे।

कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति र स्थानीय समुदायको उल्लेख्य उपस्थिति रहेको थियो ।

विद्यालयले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ ।

Tags: छात्रवृत्तिपोखरिया मावि
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

ठगी गर्ने इटहरीका सुन पसले जेल चलान
FEATURE BREAKING

जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार पुरुष पक्राउ

by टाकुरा न्यूज । इटहरी
भदौ १८, २०८३
0

इटहरी : जेनजी आन्दोलनका क्रममा झुम्का कारागार, सुनसरीबाट फरार भएका एक बन्दीलाई प्रहरीले पक्राउ गरेको छ । आपराधिक प्रवेश तथा...

बङ्गलादेशमा निर्यात गर्न लोड गरिएका कन्टेनर पूर्वी नाकामै रोकिए
विविध

काँकडभिट्टा नाकामा सशस्त्र प्रहरीको ‘गोप्रो’ निगरानी

by रासस
भदौ १८, २०८३
0

झापा : नेपालको पूर्वी नाका काँकडभिट्टामा सशस्त्र प्रहरी बलले ‘गोप्रो क्यामेरा’ जडान गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं...

इटहरीमा ब्राउनसुगरसहित दुई जना पक्राउ

भदौ १७, २०८३
मादपण्डविपरीत सञ्चालनमा रहेका धनकुटाका फार्मेसीमाथि कारबाही

मादपण्डविपरीत सञ्चालनमा रहेका धनकुटाका फार्मेसीमाथि कारबाही

भदौ १७, २०८३
मोरङका सरकारी कार्यालयमा बिचौलियाविरुद्ध प्रशासनको ‘एक्सन’, ३० जना पक्राउ

मोरङमा बाढीपीडितका लागि ९८ लाखभन्दा बढी आर्थिक सहयोग सङ्कलन

भदौ १७, २०८३
कोशी ब्यारेज पुल

कोशी ब्यारेजमा पानीको बहाव खतराको तहमा, २७ वटा ढोका खोलिए

भदौ १७, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार पुरुष पक्राउ

भदौ १८, २०८३
बङ्गलादेशमा निर्यात गर्न लोड गरिएका कन्टेनर पूर्वी नाकामै रोकिए

काँकडभिट्टा नाकामा सशस्त्र प्रहरीको ‘गोप्रो’ निगरानी

भदौ १८, २०८३

इटहरीमा ब्राउनसुगरसहित दुई जना पक्राउ

भदौ १७, २०८३
मादपण्डविपरीत सञ्चालनमा रहेका धनकुटाका फार्मेसीमाथि कारबाही

मादपण्डविपरीत सञ्चालनमा रहेका धनकुटाका फार्मेसीमाथि कारबाही

भदौ १७, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    448 shares
    Share 179 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    308 shares
    Share 123 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    292 shares
    Share 117 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    282 shares
    Share 113 Tweet 71
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    279 shares
    Share 112 Tweet 70

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
समाचार संयोजक : पुष्प पराजुली (अभिमन्यु अभिजित)
साहित्य संयोजक : राज भट्टराई
संवाददाता : निश्चल शर्मा
संवाददाता : सुमन रेग्मी
संवाददाता : मनोज अधिकारी
हाम्रो टिम

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

 

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.