Monday, May 4, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

हुलाकी राजमार्ग : १२ वर्षमा ७५ प्रतिशत काम सम्पन्न, कहिले पूरा हुन्छ ?

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार १३, २०८२
in टाकुरा विशेष, समाचार
0
हुलाकी राजमार्ग : १२ वर्षमा ७५ प्रतिशत काम सम्पन्न, कहिले पूरा हुन्छ ?
98
SHARES
Share on FacebookShare on Twitter

इटहरी : राष्ट्रिय गौरवको आयोजनाका रूपमा हेरिएको हुलाकी राजमार्ग हालसम्म ७५ प्रतिशत काम सम्पन्न भएको छ ।

कोशी प्रदेशको झापामा रहेको मेची पुलदेखि मधेस प्रदेशको सप्तरीमा रहेको बलाम खोलाको पुलसम्म ३४३ किलोमिटर छ । सोही दूरी पार गर्न तराई–मधेस जोड्दै हुलाकी राजमार्ग निर्माणाधीन छ ।

वि.सं. २०६८ सालमा आयोजना कार्यालय स्थापना गरी २०७० सालमा निर्माण कार्य औपचारिक रूपमा सुरु गरिएको भए पनि हालसम्म हुलाकी राजमार्गको निर्माण अझै अधुरो छ ।

हालसम्म २५५ किलोमिटर सडक निर्माण सकिएको र जुन कुल लम्बाइको झन्डै ७५ प्रतिशत रहेको हुलाकी राजमार्ग निर्देशनालय, इटहरीका सूचना अधिकारी इञ्जिनियर उपेन्द्र दासले जानकारी दिए ।

०७८ सालभित्रै काम सक्ने लक्ष्य भएपनि निर्माण व्यवसायीको आन्तरिक कमजोरी, ठेक्का लिएर होल्ड गरेर राख्ने प्रवृत्ति, व्यवस्थापनको ढिलाइ, र सरकारी संयन्त्रको समन्वयहीनताले गर्दा निर्माणको गति सुस्त बनेको उनको भनाइ छ ।

पछिल्लोपटक योजना सकिने म्याद २०८३/८४ सम्म धकेलिएको छ । इञ्जिनियर दासका अनुसार राजमार्गको विभिन्न खण्डमा अलग–अलग प्याकेजमार्फत निर्माण भइरहेको छ ।

उनका अनुसार झापाको मेचीदेखि मोरङ र झापालाई जोड्ने रतुवा पुलसम्म ४८ किमी सडक चार प्याकेजमा ठेक्का लागेर काम सम्पन्न भएको छ । यसैगरी रतुवादेखि मोरङकै केशलिया ५० किमी सडक पाँच प्याकेजमध्ये दुई सम्पन्न भएको र तीनमा काम जारी रहेको दासले जनाए ।

त्यसैगरी केशलियादेखि सुनसरीको लौकही २६.५ किमी सडक निर्माण सम्पन्न भएको उनले बताए ।

लौकहीदेखि सप्तरीको कञ्चनपुरसम्म ३४ किमी सडकमा भने महेन्द्र राजमार्गसँग ‘ओभरल्याप’ भएकाले ठेक्का लागेको छैन । साथै, कञ्चनपुरदेखि सप्तरीको बलान खोलासम्मको ४६।५ किमी सडकमध्ये ४२ किमी सडक निर्माण सकिएको छ । बाँकी ठाउँमा भने काम भइरहेको दास बताउँछन् ।

‘हुलाकी र महेन्द्र राजमार्गको ओभरल्याप भएकाले सुनसरीको लौकहीदेखि कञ्चनपुरसम्म भने ठेक्का लागेको छैन,’ दास भन्छन्, ‘खासमा यो सडक विभागले नै निर्णय गर्ने हो । अहिले सडक डिभिजन विराटनगर कार्यालयले हेरिरहेको छ । सप्तरीको भाग भने लहान डिभिजनले हेरिरहेको छ ।’

हुलाकी राजमार्ग अन्तर्गत ४१ वटा पुलका लागि ठेक्का सम्झौता गरिएको छ । तीमध्ये २३ वटा पुल सम्पन्न भइसकेका छन् भने बाँकी १८ पुल निर्माणाधीन छन् ।

‘सुरुवातमा पुललाई प्राथमिकता दिएर सडक विस्तारको जग बसाल्ने भनिए पनि सडक निर्माण ढिलो भएकाले पुलहरूसमेत प्रयोगमा आउन सकेका छैनन्,’ सूचना अधिकारी दासले भने, ‘निर्माण व्यवसायीको आन्तरिक कमजोरीका कारण काम ढिलो भएको हो ।’

उक्त राजमार्ग झापा, मोरङ, सुनसरी, सप्तरीजस्ता सीमावर्ती जिल्लाहरूमा सहर र गाउँलाई जोड्ने राजमार्ग रहेको उनको भनाइ छ ।

चारआली–केचना ४० किमी, पथरी–रंगेली ३० किमी, इनरुवा–कप्तानगञ्ज ३० किमी, राजविराज–कुनौली १२ किमी यी खण्डहरूमा कतै निर्माण सम्पन्न भएका छन् भने कतै निर्माण अलपत्र हुँदा समस्या हुने गरेको छ ।

हालसम्म करीब १० अर्ब ७५ करोड रुपैयाँको ठेक्का सम्झौता भइसकेको छ । तर, लगानीअनुसारको प्रतिफल देखिएको छैन । निर्माण व्यवसायीहरूको गैरजिम्मेवार शैली र सरकारी निकायको कमजोर अनुगमनका कारण राज्यको लगानी खेर जाने बताइन्छ ।

सडकले गाउँ सहर जोड्ने सपना देखाएपनि अहिलेसम्म सबैठाउँमा सडक निर्माण नहुँदा हुलाकी राजमार्गको कतिपय ठाउँमा स्थानीयवासीले बिस्कुन सुकाउने माध्यममात्रै बनिरहेको छ ।

कतिपय ठाउँमा हुलाकी राजमार्गको निर्माण अलपत्र परेकाले त्यसलाई स्थानीयवासीले धान सुकाउने, बिस्कुन फिजाउने वा चौपाया बाँध्ने खुला ठाउँको रूपमा प्रयोग गर्न थालेका छन् ।

योजना कार्यालय इटहरीकाअनुसार हुलाकी राजमार्ग अन्तर्गगत झापाको चारआलीदेखि केचनासम्म ४० किलोमिटर, मोरङको पथरीदेखि रंगेलीसम्म ३० किलोमिटर, कानेपोखरीदेखि रंगेलीसम्म २५ किलोमिटर सडक पर्छ ।

यसैगरी सुनसरीको इनरुवादेखि कप्तानगञ्ज–देवानगञ्ज ३० किलोमिटर, सप्तरीको राजबिराजदेखि कुनौलीसम्म १२ किलोमिटर, कल्याणपूरदेखि सुवर्णपट्टी १८ किलोमिटर, कठौनादेखि पातोसम्म १८ किलोमिटर सडक रहेको छ ।

बाँकी रहेको सडक पूर्व पश्चिम राजमार्गमा पर्ने योजना कार्यालयले जनाएको छ ।

Tags: #सडकटाकुरा विशेषहुलाकी राजमार्ग
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

प्रकृतिप्रेमीका लागि अनुपम उपहार ‘मुन्दुम ट्रेल’
भिजिट नेपाल

प्रकृतिप्रेमीका लागि अनुपम उपहार ‘मुन्दुम ट्रेल’

by रासस
बैशाख २०, २०८३
0

खोटाङ : नेपाल सरकारले निर्धारण गरेको १०० वटा पर्यटकीय गन्तव्यमा पर्ने ‘मुन्दुम ट्रेल’ पदमार्गमा यतिबेला थरिथरिका गुराँस फुलेका छन् ।...

विराटनगर विमानस्थलबाट स्रोत नखुलेको करिब २७ लाखसहित दुई जना पक्राउ
समाचार

विराटनगर विमानस्थलबाट स्रोत नखुलेको करिब २७ लाखसहित दुई जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
बैशाख २०, २०८३
0

इटहरी : जिल्ला प्रहरी कार्यालय मोरङले स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ। प्रहरीका अनुसार विराटनगर विमानस्थलबाट...

दोस्रो तरहरा राष्ट्रव्यापी कविता प्रतियोगितामा मोरङका विशाल प्रथम 

दोस्रो तरहरा राष्ट्रव्यापी कविता प्रतियोगितामा मोरङका विशाल प्रथम 

बैशाख २०, २०८३
मोरङमा एक पुरुष मृत भेटिए

खोटाङमा भीरबाट लडेर दुई जनाको घटनास्थलमै मृत्यु

बैशाख १९, २०८३
नोबेल अस्पतालमा नाकको शल्यक्रिया गर्दा इटहरीका बालकले गुमाए आँखाको ज्योति

नोवेल हस्पिटलमा शल्यक्रियापछि बिरामीको मृत्यु, अस्पताल परिसर तनावग्रस्त

बैशाख १९, २०८३
विराटनगरमा पत्रकारसहित २३ जनामा कोरोना पुष्टि

एक सय रुपैयाँभन्दा बढीको सामानमा भन्सार नियमले चलायमान बन्दै विराटनगरको बजार

बैशाख १९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

प्रकृतिप्रेमीका लागि अनुपम उपहार ‘मुन्दुम ट्रेल’

प्रकृतिप्रेमीका लागि अनुपम उपहार ‘मुन्दुम ट्रेल’

बैशाख २०, २०८३
विराटनगर विमानस्थलबाट स्रोत नखुलेको करिब २७ लाखसहित दुई जना पक्राउ

विराटनगर विमानस्थलबाट स्रोत नखुलेको करिब २७ लाखसहित दुई जना पक्राउ

बैशाख २०, २०८३
दोस्रो तरहरा राष्ट्रव्यापी कविता प्रतियोगितामा मोरङका विशाल प्रथम 

दोस्रो तरहरा राष्ट्रव्यापी कविता प्रतियोगितामा मोरङका विशाल प्रथम 

बैशाख २०, २०८३
मोरङमा एक पुरुष मृत भेटिए

खोटाङमा भीरबाट लडेर दुई जनाको घटनास्थलमै मृत्यु

बैशाख १९, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1547 shares
    Share 619 Tweet 387
  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    650 shares
    Share 260 Tweet 163
  • इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

    619 shares
    Share 248 Tweet 155
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    469 shares
    Share 188 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    388 shares
    Share 155 Tweet 97

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.