इटहरी : इटहरी उपमहानगरपालिका–५ स्थित शिवालय टोलबाट लागूऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ परेका छन्।
विशेष सूचनाको आधारमा अस्थायी प्रहरी चौकी जनताबस्तीबाट खटिएको टोलीले नन्दलाल बिकको घरमा छापा मारेको थियो।
खानतलासीका क्रममा निजकै छोरा बस्ने कोठाबाट कालो प्लास्टिकको पोकोमा लुकाई राखिएको अवस्थामा १.६४ ग्राम ब्राउनसुगर फेला परेको प्रहरीले जनाएको छ।
घटनास्थलबाट घरधनी ३४ वर्षीय छोरा प्रकाश बिक र सोही घरमा डेरा गरी बस्ने उदयपुर, बेलका नगरपालिका–४ निवासी ३१ वर्षीय दिनेश आलेलाई पक्राउ गरिएको छ।
उनीहरूलाई लागूपदार्थ नियन्त्रण ऐन अन्तर्गत मुद्दा दर्ता गरी इलाका प्रहरी कार्यालय इटहरीमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।














Discussion about this post