मोरङ : मोरङमा जङ्गली हात्तीको आक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ ।
बेलबारी नगरपालिका–८ स्थित ४५ वर्षीया अमिना राजवंशीको आइतबार (आज) बिहान हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।
अमिना स्थानीय वन्दना राजवंशीसँगै राति करिब ३ बजेतिर घर नजिकैको खेतमा सिँचाइका लागि पानी लगाउन गएकी थिइन् ।
त्यसैबेला एउटा जङ्गली हात्ती खेततर्फ आइपुगेर अचानक आक्रमण गर्दा अमिना गम्भीर घाइते भएकी थिइन् ।
उनलाई तत्काल उद्धार गरी विराटनगरको न्यूरो अस्पताल लगिएपनि उपचारका क्रममा बिहान ८ बजेर ४० मिनेटमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।














Discussion about this post