इटहरी : सुनसरीको इनरुवा नगरपालिका–४ स्थित चिरौली चोकमा लागूऔषध ब्राउनसुगरसहित दुई युवा पक्राउ परेका छन्।
विशेष सूचनाको आधारमा उनीहरूलाई चेकजाँच गर्दा लागूऔषधसहित नियन्त्रणमा लिइएको हो।
इनरुवा नगरपालिका वडा नं. ४ स्थित पूर्व–पश्चिम राजमार्गको चिरौलीचोकबाट इनरुवातर्फ पैदल आउँदै गरेका दुई जनालाई रोकेर खानतलासी गर्दा एक जनाको साथबाट ब्राउनसुगर फेला परेको हो।
पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका–१ का २२ वर्षीय साजन श्रेष्ठ र सोही ठाउँका २३ वर्षीय कृष्ण मगर रहेका छन्। चेकजाँचका क्रममा साजनको साथबाट ३.०६ ग्राम (तीन ग्राम छ मिलिग्राम) ब्राउनसुगर फेला परेको प्रहरीले जनाएको छ।
दुवै जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याइ थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको सुनसरी प्रहरीले जनाएको छ।














Discussion about this post