झापा : झापा गाउँपालिका–१ स्थित सानो माईखोलामा डुबेर एक वृद्धको ज्यान गएको छ। साउन ७ गतेदेखि बेपत्ता भएका ८१ वर्षीय भीमबहादुर भुजेल आइतबार बिहान मृत अवस्थामा फेला परेका हुन्।
घरमा पालेको सुँगुरका लागि डोको बोकेर पिँडालुको बोट काट्न भुजेल साउन ७ गते बिहान निस्किएका थिए। तर, त्यसयता उनी घर फर्किएका थिएनन्।
चार दिनसम्म खोजी गरे पनि भुजेलको कुनै अत्तोपत्तो नलागेपछि परिवारजनले स्थानीय प्रहरीलाई खबर गरेका थिए।
प्रहरीका अनुसार खोजीकै क्रममा आइतबार बिहान करिब ९ बजे मृतकका भान्जा बुद्धराज राईले खोला नजिकै डोकोदेखि करिब ५० मिटर टाढा भुजेलको शव फेला पारेका हुन्।
घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।














Discussion about this post