इटहरी : पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकास्थित फूल चौकमा सवारी दुर्घटनामा १३ जना यात्रु घाइते भएका छन्।
आज (सोमबार) बिहान करिब ८ बजेतिर विराटनगर–राजविराज रुटमा चल्ने प्रदेश २–०१–००१ ज ००४७ नम्बरको माइक्रो र काँकडभिट्टा–दिक्तेल रुटमा चल्ने मे १ ख १७९९ नम्बरको बस एक–आपसमा ठोक्किँदा दुर्घटना भएको हो।
ठक्करपछि माइक्रोबसमा सवार अधिकांश यात्रु घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
उद्धार गरिएका यात्रुलाई जिल्ला अस्पताल इनरुवा र सप्तकोसी न्यूरो अस्पताल पठाइएको छ। घटनाको थप विवरण संकलन भइरहेको सुनसरी प्रहरीले जनाएको छ।
(अपडेट : सुनसरी प्रहरीका अनुसार घटनामा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ग्लोबल कार्डियो एण्ड न्यूरो अस्पताल, भोक्राहामा दुई जना र जिल्ला अस्पताल इनरुवामा एक महिलाको मृत्यु भएको हो । मृत्यु भएकाको पहिचान खुलेको छैन ।)
यो पनि – सुनसरीमा बस र माइक्रो दुर्घटना अपडेट : तीनजनाको मृत्यु, ४ गम्भीर














Discussion about this post