ओरियन्स कम्पनीको नेपालमा अवैध रुपमा ठगी धन्दा फस्टाएको छ ।
झापाको शिवसताक्षी नगरपालिका ८ बाट करिव ७ लाख बराबरको भन्सार छली ल्याएको ओरियन्स कम्पनीको औषधी बरामद गरिएको छ ।
दुई वटा मोटरसाईकल र एउटा स्कुटरमा सवार गरी आएका ६ जना मानिसहरुलाई ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई चेकजाँच गर्दा औषधी फेला पारेको थियो ।
भारतबाट ३ सय ७ वटा बट्टामा प्याक गरी नेपालतर्फ चोरी तस्करी गरी अबैध रुपमा ल्याएको पाईएपछि उक्त कम्पनीको औषधी बरामद गरिएको प्रहरीले जनाएको छ ।
बरामद गरिएको औषधी, मानिस तथा सवारी साधनहरु आवश्यक कारवाहीको लागी मेची भन्सार कार्यालय बुझाईएको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।














Discussion about this post