विराटनगर : विराटनगर महानगरपालिका–४ दूधफारम चोकमा बुधबार राति भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ।
सुनसरीको बर्जु गाउँपालिका–६ निवासी २८ वर्षीय पुष्पकुमार चौधरीको मिनी ट्रकसँग मोटरसाइकल ठोक्किँदा मृत्यु भएको हो।
बुधबार राति करिब साढे ८ बजे विराटनगरबाट नेमुवातर्फ जाँदै गरेको प्रदेश १–०२–००१ क ५१८९ नम्बरको मिनी ट्रकलाई प्रहरीले रोकेर चेकजाँच गर्ने क्रममा सोही दिशाबाट आएको प्रदेश १–०२–००४६ प ६४०१ नम्बरको मोटरसाइकल ट्रकको पछाडि ठोक्किएको थियो।
मोटरसाइकल दुर्घटनामा परेपछि चालक चौधरी गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि नोबेल अस्पताल विराटनगर लगिएकोमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
दुर्घटनापछि ट्रक र चालक मोरङको बूढीगंगा गाउँपालिका–१ निवासी ३१ वर्षीय सन्तोषकुमार आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको छ।














Discussion about this post