इटहरी : सुनसरी प्रहरीले इनरुवा नगरपालिका–४ बसपार्क क्षेत्रबाट दुई फरक घटनामा तीन जनालाई लागूऔषध ब्राउनसुगरसहित नियन्त्रणमा लिएको छ ।
अस्थायी प्रहरी पोष्ट बसपार्क र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा मोरङ केराबारी–८ का २२ वर्षीय लक्ष्मण कट्वाल र गुमानसिंह घोरसानेलाई चेकजाँच गरेको थियो ।
चेकजाँचका क्रममा कट्वालको मलद्वारमा लुकाइ राखेको अवस्थामा ब्राउनसुगर ३.२३ ग्राम बरामद भएको प्रहरीले जनाएको छ ।
यस्तै, सोही ठाउँमा चेकजाँचका क्रममा को ३१ प ९९८१ नम्बरको मोटरसाइकल चालक मोरङको रंगेली–३ का ३१ वर्षीय आशिष राईबाट ४.७२ ग्राम ब्राउनसुगर बरामद गरिएको छ । प्रहरीले उक्त मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ ।
दुवै घटनामा बरामद लागूऔषधसहित पक्राउ परेका व्यक्तिलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याइएको जिल्ला प्रहरीले जनाएको छ ।














Discussion about this post