विराटनगर : विराटनगर महानगरपालिका–१४ आईसिपी रोडस्थितमा साइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
दुर्घटनामा मोरङको जहदा गाउँपालिका–३ का ४१ वर्षीय रुपेश कुमार राजवंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
प्रहरीका अनुसार राजवंशी चढेको साइकल अनियन्त्रित भई विराटनगर–१–ह १२३४ नम्बरको सिटी सफारीको पछाडि ठोक्किँदा दुर्घटना भएको हो।
टाउकोमा गम्भीर चोट लागेका राजवंशीलाई उपचारका लागि कोशी अस्पताल विराटनगर पुर्याइएको थियो। तर, उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन्।
घटनापछि सिटी सफारी चालक २५ वर्षीय मोहम्मद जाहागिरलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ।














Discussion about this post