धरान : धरान उपमहानगरपालिका–१४ स्थित पञ्चकन्या मार्गमा मंगलबार अटो र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को १ ह ६०२९ नम्बरको अटो र उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको ३७ प ७९८६ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक धरान–१४ निवासी ३२ वर्षीय सन्दीप मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्याइएपनि उपचारकै क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ ।
घटनापछि प्रहरीले अटो चालक धरान–१४ निवासी ३१ वर्षीय अविनाश तामाङलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।














Discussion about this post