झापा : मेची खोलामा डुबेर एक पुरुषको मृत्यु भएको छ।
भद्रपुर नगरपालिका ३, भैसाबाडीस्थित खोलामा स्थानीयवासीले बग्दै गरेको देखेपछि उद्धार गरेका थिए। तर, उनी मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए।
मृतक झापाको कचनकवल गाउँपालिका ६ पैनीटोलाका ६२ वर्षीय सोनुलाल मुर्मु रहेको खुलेको छ।
प्रहरीका अनुसार, मुर्मु भारतमा रहेकी छोरीको घर जाने क्रममा खोला तर्दा डुबेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।














Discussion about this post