विराटनगर : विराटनगर महानगरपालिका–२ तीनपैनीमा टिपरको ठक्करबाट स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ। दुर्घटनापछि आक्रोशित भीडले टिपरमा आगजनी गरेको छ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ क ४५१४ नम्बरको टिपरले को २७ प ८५३४ नम्बरको स्कुटरलाई पछाडिबाट ठक्कर दिएको थियो।
दुर्घटनामा स्कुटर चालक मोरङको कटहरी गाउँपालिका–१ जमकोटीका ७६ वर्षीय सुदीशनारायण झाको घटनास्थलमै मृत्यु भएको हो।
दुर्घटनापछि स्थानीय आक्रोशित भएका थिए । भीडले टिपरमा आगो लगाएको छ। आगोले टिपरको अगाडिको भाग जलेको छ ।
टिपर चालक, मोरङ ग्रामथान गाउँपालिका–७ का ३१ वर्षीय सजन चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।














Discussion about this post