इटहरी : इटहरीमा सोमबार प्रहरीको गोली प्रहारबाट मृत्यु हुने एक युवकको पहिचान अझैसम्म खुलेको छैन ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका सह–प्रवक्ता डा. अभिजीतकुमारका अनुसार उपचारका लागि आएका मध्ये दुई जनाको मृत्यु भएको छ भने दुई जना उपचाररत छन्।
प्रतिष्ठानका अनुसार मृत्यु हुनेमा इटहरी १६ का २३ वर्षीय अभिषेक श्रेष्ठको पहिचान खुलेको छ । यसैगरी अन्दाजी ३० वर्षीय अज्ञात पुरुष रहेका छन्।
दुवै जनालाई मृत अवस्थामा अस्पतालमा ल्याइएको उनले बताए । खासगरी घटनास्थलमै गोली प्रहारबाट मृत्यु भएपछि अस्पताल ल्याइएको प्रतिष्ठानले जनाएको छ ।
यसैगरी प्रतिष्ठानमा अहिले ४० वर्षीय गुमन सिंह सासंक र २४ वर्षीय भूपेन्द्र खड्काको उपचार भइरहेको छ । उनीहरूलाई गोलीको छर्रा लागेको प्रतिष्ठानले जनाएको छ ।
सोमबारदेखि जेन जी पुस्ताले देशव्यापी आन्दोलन जारी राखेका छन् ।














Discussion about this post