झापा : झापामा सवारी दुर्घटनामा परी एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका–६ का ५९ वर्षीय राम श्रेष्ठ रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार बुद्धशान्ति गाउँपालिका–७ सुनमाईस्थित मेची राजमार्गमा भएको दुर्घटनामा प्र-३-०२-००७ प ६०९० नम्बरको मोटरसाइकलमा सवार श्रेष्ठको मृत्यु भएको हो ।
मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।














Discussion about this post