Sunday, June 28, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

लयमा फर्किँदै झापाको जनजीवन

रासस by रासस
भदौ २९, २०८२
in समाचार
0
लयमा फर्किँदै झापाको जनजीवन
57
SHARES
Share on FacebookShare on Twitter

झापा : जेनजी आन्दोलनका कारण बन्द रहेका जिल्लाका सरकारी कार्यालय आजदेखि सञ्चालनमा आउने भएका छन् ।

प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले आगजनीमा परेका पालिका र वडा कार्यालयबाहेक अन्य सरकारी कार्यालय सञ्चालनमा आउने बताए ।

“आन्दोलनका क्रममा जलेर ध्वस्त भएका नगरपालिका, गाउँपालिका र वडा कार्यालय सञ्चालनमा आउन तत्काल सम्भव छैन”, उनले भने, “बाँकी कार्यालय खोलेर आजैदेखि सेवा सञ्चालन हुन्छ ।”

यही भदौ २३ गते जेनजी आन्दोलन सुरु भएयता जिल्लाको जनजीवन तनावग्रस्त थियो । जिल्लाको स्थिति सामान्य अवस्थामा फर्किएको प्रजिअ अधिकारीले बताए ।

जिल्लामा आज बिहानैदेखि सार्वजनिक तथा निजी यातायातका साधन निर्वाध रूपमा सञ्चालनमा आएका छन् । राजधानी, पोखरा, महेन्द्रनगर, वीरगञ्जलगायत लामो दूरीमा सञ्चालन हुने बस पनि आजदेखि चल्ने भएका छन् ।

मेचीनगर नगरपालिकाका शिक्षा प्रमुख होमनाथ भण्डारीले विद्यालय खोल्ने सम्बन्धमा आज बैठक बस्ने जानकारी दिए । “प्रमुख प्रशासकीय अधिकृतसहितको बैठक बसेर विद्यालय खोल्ने विषयमा निर्णय हुनेछ”, मेचीनगर नगरपालिकाका शिक्षा प्रमुख भण्डारीले बताए ।

जिल्लामा जेन-जी आन्दोलनका क्रममा तीन जनाको मृत्यु भएको छ ।

अन्य घाइतेको विर्तामोडस्थित बीएण्डसी हस्पिटलमा उपचार भइरहेको छ । जेनजी आन्दोलन सुरु भएको भोलिपल्टदेखि सुरु भएको निषेधाज्ञा शनिबारदेखि खुकुलो पारिएको थियो ।

जिल्लाका बिर्तामोड, काँकडभिट्टा, दमक, भद्रपुर, सुरुङ्गालगायतका सहरमा बजार खुल्न थालिसकेको छ ।

 

Tags: #झापाजेन–जी
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

बासुदेव बरालको ‘कोशी’ पुस्तकमाथि इटहरीमा परिचर्चा
समाचार

बासुदेव बरालको ‘कोशी’ पुस्तकमाथि इटहरीमा परिचर्चा

by टाकुरा न्यूज । इटहरी
असार १३, २०८३
0

इटहरी : कोशी प्रदेशका प्राकृतिक, सांस्कृतिक तथा ऐतिहासिक गन्तव्यको अनुभव र सम्भावनालाई समेटेर पर्यटन व्यवसायी बासुदेव बरालद्वारा लिखित ‘कोशी (गन्तव्य...

सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ
समाचार

ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

by टाकुरा न्यूज । इटहरी
असार १३, २०८३
0

इटहरी : सुनसरी प्रहरीले भारतबाट नेपाल प्रवेश गर्दै गरेका एक युवकलाई ब्राउनसुगरसहित पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार...

तीनजनामा डेंगु पुष्टि

डेङ्गी रोकथामका लागि भोजपुरमा सचेतनादेखि ‘खोज र नष्ट गर’ अभियानसम्म

असार १३, २०८३
अनुदानमा धानको बीउ वितरण

मोरङमा चैते धान उत्पादनमा वृद्धि, मूल्यमा गिरावट

असार १३, २०८३
अभिषेक गिरी कैदमुक्त

विराटनगरका कांग्रेस नेता अभिषेक गिरी प्रहरी नियन्त्रणमा, कारागारको रकम असुलेको आरोप

असार १३, २०८३
धरानको सामुदायिक वनबाट एक सय २० किलो गाँजा बरामद, तस्करको खोजी तीव्र

धरानको सामुदायिक वनबाट एक सय २० किलो गाँजा बरामद, तस्करको खोजी तीव्र

असार १२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

बासुदेव बरालको ‘कोशी’ पुस्तकमाथि इटहरीमा परिचर्चा

बासुदेव बरालको ‘कोशी’ पुस्तकमाथि इटहरीमा परिचर्चा

असार १३, २०८३
सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

असार १३, २०८३
तीनजनामा डेंगु पुष्टि

डेङ्गी रोकथामका लागि भोजपुरमा सचेतनादेखि ‘खोज र नष्ट गर’ अभियानसम्म

असार १३, २०८३
अनुदानमा धानको बीउ वितरण

मोरङमा चैते धान उत्पादनमा वृद्धि, मूल्यमा गिरावट

असार १३, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    463 shares
    Share 185 Tweet 116
  • ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    396 shares
    Share 158 Tweet 99
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    382 shares
    Share 153 Tweet 96
  • दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

    354 shares
    Share 142 Tweet 89
  • इटहरीका तीनजनासहित फरार पाँच प्रतिवादी पक्राउ, दुई वर्षदेखि फरार रहेका अभियुक्त पनि नियन्त्रणमा

    353 shares
    Share 141 Tweet 88

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.