इटहरी : विराटनगरस्थित ऐतिहासिक कोइराला निवासमा २४ भदौ शनिबार बिहान जेन-जीको नाममा भएको अराजक समूहद्वारा आगजनी गरिएपछि नेपाली लोकतान्त्रिक आन्दोलनसँग जोडिएको एक महत्त्वपूर्ण स्थल जलेर नष्ट भएको छ।
एक सय २० वर्ष पुरानो उक्त निवासमा आगलागीबाट गम्भीर क्षति भएको छ। डा।. शेखर कोइराला निवास अगाडि उभिँदै भावुक बनेका छन् ।
उनले भने, “यो मेरो घर होइन, लोकतन्त्रको धरोहर थियो।” उनले निवास पुनर्निर्माणको प्रतिबद्धता जनाउँदै यहीँबाट फेरि उठ्ने सन्देश दिए।
कोइराला निवास नेपाली काँग्रेसको राजनीतिक गतिविधिको केन्द्र मात्र नभई, लोकतान्त्रिक आन्दोलनको ऐतिहासिक थलोसमेत रहँदै आएको थियो।
यही घरबाट नेपालका तीन प्रधानमन्त्री बीपी कोइराला, मातृका प्रसाद कोइराला, र गिरिजाप्रसाद कोइराला उदाएका थिए। यसै घरबाट राणा शासनविरुद्धको आन्दोलनको बीउ रोपिएको थियो।
आगलागीपछि स्थानमा पुगेका स्थानीय नागरिक, कार्यकर्ता र पत्रकार स्तब्ध थिए। शेखर कोइरालाले आफ्ना पुर्खाको सम्झना गर्दै भने, “यो घर भनेको कृष्णप्रसाद कोइरालाले चन्द्रशमशेरलाई फाटेको भोटो पठाएको घर हो।”
यस घटनालाई लिएर विभिन्न विश्लेषकहरूले यसलाई ‘इतिहासमाथिको हमला’ भनेका छन्।
गत भदौ २४ गते जेनजी आन्दोलनको नाममा आन्दोलनरत केही अराजक समूहले निवासमा आगजनी गरेका हुन्।















Discussion about this post