Tuesday, May 5, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

विदेशबाट फर्केर कृषि गरिरहेका युवक भन्छन्, “निरन्तर कर्ममा जुट्ने हो भने सफलता पाइने रहेछ”

रासस by रासस
अशोज ७, २०८२
in विविध, समाचार
0
विदेशबाट फर्केर कृषि गरिरहेका युवक भन्छन्, “निरन्तर कर्ममा जुट्ने हो भने सफलता पाइने रहेछ”
60
SHARES
Share on FacebookShare on Twitter

भोजपुर : वर्षौँदेखि विदेशमा श्रम गरेर पनि सोचेजस्तो कमाइ र सन्तुष्टि नपाएका युवाहरू अहिले आफ्नै गाउँ फर्केर व्यावसायिक कृषि, जडीबुटी तथा पशुपालनबाट राम्रो आम्दानी गर्न थालेका छन्।

विदेशको भोगाइ र अनुभवलाई प्रयोग गरेर उनीहरूले आफ्नो व्यवसायबाट मनग्य लाभ लिइरहेका छन्।

टेम्केमैयुङ गाउँपालिका-१, तिम्माका प्रेमबहादुर बस्नेत यसको एक उदाहरण हुन्। लामो समय विदेशका विभिन्न देशमा पसिना बगाए पनि राम्रो आम्दानी नभएपछि उनी गाउँ फर्केर व्यवसायमा लागेका हुन्।

अहिले गाउँमै बाख्रापालन र जडीबुटी खेतीबाट राम्रो कमाइ भइरहेको उनी बताउँछन्। परिवारसँगै बसेर गरेको उद्यमबाट घर खर्च चलाउन कुनै समस्या नभएको उनको भनाइ छ।

“विदेशमा धेरै दुःख गरेँ, तर आम्दानी भनेजस्तो भएन,” बस्नेत भन्छन्, “अहिले आफ्नै गाउँमा बसेर बाख्रापालन र जडीबुटी खेती गरिरहेको छु। गाउँमा थालेको व्यवसायबाट विदेशमा भन्दा राम्रो आम्दानी भइरहेको छ। मेहनत गरे यहीँ राम्रो आम्दानी हुने रहेछ भन्ने अनुभव भयो।”

विदेश जान चाहनेहरूका लागि गाउँमै उदाहरणीय बन्ने लक्ष्यका साथ कृषि कर्ममा जुटिरहेको उनी बताउँछन्।

व्यवसायमा निरन्तरता दिन सके क्रमिक रूपमा लाभ लिन सकिने उनको अनुभव छ।

“हामी छोटो समयमा धेरै लाभ लिने सोच्छौँ,” उनी भन्छन्, “तर व्यवसायबाट आम्दानी लिन केही समय धैर्य गर्नुपर्छ। निरन्तर आफ्नो कर्ममा जुट्ने हो भने सफलता पाइने रहेछ।”

उद्यममा लाग्न चाहनेहरूले सम्बन्धित काममा ज्ञान र सीप अनिवार्य रूपमा लिनुपर्ने उनको अनुभव छ। कुनै पनि व्यवसाय गर्न न्यूनतम सीप आवश्यक हुने उनी बताउँछन्। राज्यले किसानलाई उद्यममा जोड्नुअघि आवश्यक तालिमको व्यवस्था गर्नुपर्ने उनको सुझाव छ।

हाल भोजपुरका विभिन्न ग्रामीण भेगमा विदेशबाट फर्किएका धेरै युवा व्यावसायिक कृषि तथा पशुपालनमा आकर्षित भइरहेका छन्।

तर, उनीहरूले व्यवसाय सञ्चालनका लागि आवश्यक प्राविधिक ज्ञान, तालिम तथा पशुचिकित्सकीय सेवाको अभाव झेलिरहेको गुनासो गर्ने गरेका छन्।

राज्यबाट दिइने सेवाहरू सरल र सहज भए गाउँमै बसेर राम्रो आम्दानी गर्न सकिने उनीहरूको भनाइ छ।

 

Tags: #कृषि#भोजपुर#रासस
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

‘जेन-जी’ आन्दोलनपछिको नेपाली समाज
FEATURE BREAKING

ट्रेड युनियनमाथि प्रश्न : विकृति सुधार्ने कि संरचना हटाउने ?

by टाकुरा न्यूज । इटहरी
बैशाख २२, २०८३
0

इटहरी : सरकारी कर्मचारीबीच ट्रेड युनियन खारेजीको विषय अहिले बहसको केन्द्रमा छ। एकातर्फ यसलाई सुधारको अवसरका रूपमा हेरिएको छ भने अर्कोतर्फ...

मोरङमा तीन जना सवार मोटरसाइकल ट्रकसँग ठोक्किदाँ एक विद्यार्थीको निधन 
समाचार

मोरङमा तीन जना सवार मोटरसाइकल ट्रकसँग ठोक्किदाँ एक विद्यार्थीको निधन 

by टाकुरा न्यूज । इटहरी
बैशाख २२, २०८३
0

मोरङ : मोरङमा तीन जना सवार मोटरसाइकल ट्रकसँग ठोक्किदाँ एक विद्यार्थीको निधन भएको छ । सुन्दरहरैँचा नगरपालिका–७ सलकपुरमा प्रदेश १–०१–००१ ख...

समयमै पानी परेपछि उदयपुरमा फस्टायो मकैबाली

बैशाख २२, २०८३
हिमपातपछि देखिएको पाथीभरा मन्दिर क्षेत्रको दृश्य (फोटो फिचर)

पाथीभरा क्षेत्रमा फोरजी सेवा सञ्चालनमा

बैशाख २२, २०८३
अन्तु पोखरी : कुनै बेला भैँसी चरन क्षेत्र, अहिले पर्यटकको पहिलो रोजाइ

अन्तु पोखरी : कुनै बेला भैँसी चरन क्षेत्र, अहिले पर्यटकको पहिलो रोजाइ

बैशाख २२, २०८३
आज देशभरका धेरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना

कोशी प्रदेशमा सर्‍यो हावाहुरी र चट्याङसहितको वर्षा

बैशाख २१, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

‘जेन-जी’ आन्दोलनपछिको नेपाली समाज

ट्रेड युनियनमाथि प्रश्न : विकृति सुधार्ने कि संरचना हटाउने ?

बैशाख २२, २०८३
मोरङमा तीन जना सवार मोटरसाइकल ट्रकसँग ठोक्किदाँ एक विद्यार्थीको निधन 

मोरङमा तीन जना सवार मोटरसाइकल ट्रकसँग ठोक्किदाँ एक विद्यार्थीको निधन 

बैशाख २२, २०८३

समयमै पानी परेपछि उदयपुरमा फस्टायो मकैबाली

बैशाख २२, २०८३
हिमपातपछि देखिएको पाथीभरा मन्दिर क्षेत्रको दृश्य (फोटो फिचर)

पाथीभरा क्षेत्रमा फोरजी सेवा सञ्चालनमा

बैशाख २२, २०८३



लाेकप्रिय

  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    650 shares
    Share 260 Tweet 163
  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1552 shares
    Share 621 Tweet 388
  • इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

    621 shares
    Share 248 Tweet 155
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    469 shares
    Share 188 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    389 shares
    Share 156 Tweet 97

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.