संखुवासभा : संखुवासभामा बोलेरो गाडीको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
जिल्लाको खाँदबारी नगरपालिका ७, मा सोमबार दिउँसो को १ च ९७७६ नम्बरको बोलेरो गाडीले ठक्कर दिँदा महिलाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा पाँचखपन ३ निवासी ५५ वर्षीया गङ्गा श्रेष्ठ रहेकी छन् ।
दुर्घटनापछि बोलेरो चालक तेन्जिङ शेर्पालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post