झापा : झापामा खोला तर्ने क्रममा चिप्लिएर लड्दा एक पुरुषको मृत्यु भएको छ ।
जिल्लाको बाह्रदशी गाउँपालिका–४ मुन्सी कामत टोलका ६२ वर्षीय मंगल सिंह मुर्मुको मृत्यु भएको हो ।
स्थानीय घाघरा खोला तर्ने क्रममा खुट्टा चिप्लिएर मुर्मु डुबेको देखेपछि तत्काल उद्धार गरी घरतर्फ लैजाँदै गर्दा उनको बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ।
मृतकको शव पोस्टमार्टमपछि अन्त्येष्टि गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post