इटहरी : सुनसरीमा मेडिकलबाटै लागूऔषध कारोबार भएको पाइएको छ ।
सुनसरीको बराहक्षेत्र नगरपालिका–५ कालाबन्जर चोकस्थित सुवेक्षा मेडिकल पसलमा प्रहरीले छापा मार्दा ठूलो परिमाणमा नियन्त्रित औषधी फेला पारेको हो ।
विशेष सूचनाका आधारमा प्रहरी चौकी भरौलबाट खटिएको टोलीले मेडिकल पसलमा कानुन बमोजिम खानतलासी गर्दा स्पासरेस्ट नामक नियन्त्रित औषधिका ५ बट्टा (जम्मा ७८० ट्याब्लेट) फेला परेको जिल्ला प्रहरीले जनाएको छ ।
उक्त औषधीसहित मेडिकल पसलकी सञ्चालिका बराहक्षेत्र–५ निवासी ४० वर्षीया शान्ति राजधामीलाई नियन्त्रणमा लिइएको छ ।
उनलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीमा ल्याई प्रारम्भिक अनुसन्धानपछि आवश्यक कारबाहीका लागि औषधि व्यवस्था विभाग विराटनगर पठाइएको प्रहरीले जानकारी दिएको छ ।













Discussion about this post