झापा : झापाको बिर्तामोड नगरपालिका ५ स्थितबाट लागूऔषध ब्राउनसुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा पाँचथरको हिलिहाङ गाउँपालिका ६ का डम्बरबहादुर मैनालीलाई पक्राउ गरेको हो ।
उनको साथबाट १६ ग्राम ४५० मिलिग्राम ब्राउनसुगर फेला पारी प्रकाउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post