झापा : झापाको मेचीनगर नगरपालिका–६ मेचीपुलस्थित क्षेत्रबाट प्रहरीले लागूऔषध ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर–६ का २१ वर्षीय अशोल राजवंशी र २२ वर्षीय रिचार्ड श्रेष्ठको साथबाट करिब २ ग्राम ६८० मिलिग्राम ब्राउनसुगर बरामद गरी दुवै जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
यसैगरी, मोरङमा नियन्त्रित औषधसहित एक जनालाई पक्राउ गरिएको छ।
मोरङस्थित प्रहरी चौकी अमरदहले सोही दिन दिउँसो १ बजे को २१ प २८३३ नम्बरको मोटरसाइकल मा सवार व्यक्ति चेकजाँच गर्ने क्रममा ३० प्याकेटमा प्याक गरिएको १५ हजार थान नियन्त्रित ट्याब्लेट फेला पारेको हो।
उक्त औषधिसहित पक्राउ परेका मोटरसाइकल चालक मोरङको कटहरी गाउँपालिका–१ का ३५ वर्षीय नीरज राजवंशी रहेका छन्।
उनलाई इलाका प्रहरी कार्यालय रंगेलीमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।














Discussion about this post