झापा : झापामा सर्पले डसेर एक महिलाको मृत्यु भएको छ ।
गौरादह नगरपालिका ६ तेडियाडाँगी बस्ने २५ वर्षीया चाँदनीदेवी शर्माको गोमन सर्पले डसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
शर्मालाई शुक्रबार राति करिब ८ः३० बजेतिर घरभित्र रहेको खाद्य भण्डारमा सामान निकाल्ने क्रममा गोमन सर्पले दायाँ खुट्टामा डसेको थियो ।
तत्कालै उपचारका लागि मोरङस्थित सामुदायिक सर्पदंश उपचार केन्द्र सिजुवा लगिएको थियो । उपचारका क्रममा चिकित्सकले राति ११ः४५ बजेतिर मृत घोषणा गरेका हुन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post