Thursday, August 6, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home पर्यावरण

सिमसार क्षेत्रमा आश्रित जल पंछीको गणना सुरु

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
पुस १९, २०८२
in पर्यावरण, समाचार
0
सिमसार क्षेत्रमा आश्रित जल पंछीको गणना सुरु
73
SHARES
Share on FacebookShare on Twitter

सिमसार क्षेत्रमा आश्रित रैथाने तथा आगन्तुक जल पंछीको अवस्था र संख्या अभिलेख गर्ने उद्देश्यले आजदेखि जल पंछी गणना सुरु गरिएको छ।

नेपाल पंछी संरक्षण संघ (बीसीएन)को समन्वय तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अगुवाइमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र रहेका जलाशय, तालतलैया, सिमसार क्षेत्र तथा निकुञ्ज बाहिरका नदी, ताल र सिमसार क्षेत्रमा जलपंछी गणनाका लागि गणक परिचालन गरिएको जनाइएको छ।

गणनामा बिसिएन, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, नेपाल पंछीविद् संघ, कनेक्ट परियोजना, जेडएसएल, निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, हिमालय नेचर, नेचर गाइड एशोसिएशन तथा कञ्चनपुर पंछी संरक्षण समूहका प्रतिनिधि संलग्न छन्।

नेपाल पंछी संरक्षण संघका वरिष्ठ चरा विज्ञ हिरुलाल डगौराका अनुसार वाइनाकुलर, दूरबिन, क्यामेरा, जिपिएसलगायतका उपकरणको प्रयोग गरी २० भन्दा बढी गणकमार्फत जलपंछी गणना भइरहेको छ। हिँडेर पुग्न नसकिने ताल तलैया क्षेत्रमा हात्तीको प्रयोग गरी गणना गरिने छ।

उनका अनुसार निकुञ्जभित्र जलपंछीका लागि प्रसिद्ध शिकारी ताल, बाबा ताल, तारा ताल, रानी ताल, चौधर नदी–बढनी ताल, राधापुर सिमसार, झिलमिला तथा रतनपुर सिमसारमा गणना भइरहेको छ। निकुञ्ज बाह्य क्षेत्रमा महाकाली नदी, पुरैनी ताल, बन्दा ताललगायत सिमसार क्षेत्रमा पनि गणना गरिनेछ।

गणनाका क्रममा जलपंछीका प्रजाति, संख्या, सम्भावित खतरा, मानव गतिविधि र बासस्थानसँग सम्बन्धित समस्याहरूको विवरण संकलन गरिनेछ।

जलपंछी गणना प्रत्येक वर्षझै यस वर्ष पनि जनवरीको पहिलो शनिबारदेखि गरिन्छ । यसवर्ष यही पुस १९ देखि माघ ४ गतेसम्म सञ्चालन हुनेछ। चराविज्ञ डगौराका अनुसार कञ्चनपुरका सिमसार क्षेत्रहरू जलपंछीका लागि महत्वपूर्ण भए पनि पछिल्लो समय विभिन्न चुनौतीहरू देखिन थालेका छन्। सिमसार क्षेत्र अतिक्रमण, अवैज्ञानिक रुपमा माछापालन, नदीजन्य पदार्थको दोहन, मानवीय गतिविधि, प्रदूषण तथा जलवायु परिवर्तनका असरले जलपंछीको बासस्थान खुम्चिँदै गएको उनको भनाइ छ।

‘जलपन्छी जोगाउनका लागि तालतलैया र सीमसार क्षेत्रमा पछिल्लो अवस्थामा भइरहेको अतिक्रमण हटाउनुपर्ने देखिन्छ’, उनले भने। चरा विज्ञ डगौराका अनुसार नेपाल सेन्ट्रल एसियन फ्लाइवेअन्तर्गत पर्ने महत्वपूर्ण देश भएकोले एसिया, युरोप तथा साइबेरियाबाट आउने प्रवासी जलपंछीहरू नेपालका सिमसार क्षेत्रमा आश्रित रहन्छन्।

Tags: गणनाचरा गणनापर्यावरण
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

इटहरीमा सरोज न्यौपाने मृत्यु प्रकरण : चार जनाविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता
FEATURE BREAKING

इटहरीमा सरोज न्यौपाने मृत्यु प्रकरण : चार जनाविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता

by टाकुरा न्यूज । इटहरी
साउन २१, २०८३
0

इटहरी : इटहरी उपमहानगरपालिका–९ भद्र टोलमा किशोर मृत फेला परेको घटनामा चार जनाविरुद्ध आत्महत्या दुरुत्साहनको कसुरमा मुद्दा दर्ता भएको छ।...

इटहरी–धरानसहितका ठाउँमा खाना पकाउने ग्यासको चरम अभाव
FEATURE BREAKING

बजारमा खाना पकाउने ग्यासको हाहाकार, उपभोक्ता सास्तीमा

by टाकुरा न्यूज । इटहरी
साउन २१, २०८३
0

इटहरी : कोशी प्रदेशसहित देशैभरका बजारमा खाना पकाउने एलपी ग्यासको अभाव चुलिँदै गएपछि उपभोक्ता सास्तीमा परेका छन्। ग्यास डिलर तथा...

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

मोरङमा तीव्र गतिको मोटरसाइकलले ठक्कर दिँदा वृद्धाको मृत्यु

साउन २१, २०८३
राडार गन र मापसे जाँचको प्रभावकारी प्रयोग गर्न कोशी प्रदेश प्रहरी प्रमुखको निर्देशन

राडार गन र मापसे जाँचको प्रभावकारी प्रयोग गर्न कोशी प्रदेश प्रहरी प्रमुखको निर्देशन

साउन २१, २०८३
सम्बन्ध विच्छेदका घटनाले बालबालिकाको जीवनमा असर

सम्बन्धविच्छेदमा सहमतिको बाटो रोज्दै दम्पती, झापामा ६० प्रतिशतभन्दा बढी मुद्दा मिलापत्रबाट समाधान

साउन २१, २०८३
इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

ब्राउनसुगरसहित इटहरीका दुई जना पक्राउ

साउन २०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरीमा सरोज न्यौपाने मृत्यु प्रकरण : चार जनाविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता

इटहरीमा सरोज न्यौपाने मृत्यु प्रकरण : चार जनाविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता

साउन २१, २०८३
इटहरी–धरानसहितका ठाउँमा खाना पकाउने ग्यासको चरम अभाव

बजारमा खाना पकाउने ग्यासको हाहाकार, उपभोक्ता सास्तीमा

साउन २१, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

मोरङमा तीव्र गतिको मोटरसाइकलले ठक्कर दिँदा वृद्धाको मृत्यु

साउन २१, २०८३
राडार गन र मापसे जाँचको प्रभावकारी प्रयोग गर्न कोशी प्रदेश प्रहरी प्रमुखको निर्देशन

राडार गन र मापसे जाँचको प्रभावकारी प्रयोग गर्न कोशी प्रदेश प्रहरी प्रमुखको निर्देशन

साउन २१, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1111 shares
    Share 444 Tweet 278
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    633 shares
    Share 253 Tweet 158
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    602 shares
    Share 241 Tweet 151
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    466 shares
    Share 186 Tweet 117
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    456 shares
    Share 182 Tweet 114

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.